पोखरा/गठबन्धन दलले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सभालाई सम्बोधन गर्दै गठबन्धनले सबैभन्दा बढि फाईदा नेपाली काँग्रेसलाई पुग्ने बताए । संबिधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाईदा भएको बताउँदै नेपाली काँग्रेसलाई झन धेरै फाईदा भएको जिकिर गरे ।
देशभरको महानगरमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेबार काँग्रेसको भएको जिकिर गर्दै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको उम्मेदवारले जित्दा काँग्रेसको र देशको जित हुने उनको दावी थियो ।
देशभर अन्य बिभिन्न स्थानमा हुन लागेको गठबन्धनको सभालाई सम्बोधन गर्नका लागि सबैै शिर्ष नेताहरु थोरै मात्र बोलेर हिडेका थिए ।
