पोखरा/गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा(एकिकृत समाजबादी का अध्यक्ष माधब कुमार नेपालले नेकपा(एमाले) का अध्यष केपि ओलीलाई बयलगाढाको प्रचारक रहेको बताएका छन् । नेपाले ओलीलाई प्रतिगामि गठबन्धनको नेतृत्व गरेको भन्दै देशमा अग्रगामी र प्रतिगामी गठबन्धनको बिचमा प्रतिष्पर्धा रहेको बताए ।
भाषणको अधिकांश समय ओलीको आलोचनामा खेरा फालेका नेपालले देशभर स्थानिय तहको निर्वाचनमा ओलीले हार ब्यहोर्ने दावी गरे । उनले ओलीको नेकपा (एमाले) निर्माणका लागि कुनै भुमिका नरहेको बताए । नेपालले बृद्धा भत्ता लगायतका जनमुखि कार्यक्रमको स्थापना आँफुले स्थापना गरेको जिकिर पनि गरे ।
