पोखरा/सत्ताधारी दलले शिर्ष नेताहरुको उपस्थितिमा पोखरामा चुनावी सभा सुरु गरेको छ । गठबन्धन दलले गरेको चुनावी सभालाई गठबन्धन दलकै जनता समाजबादी पार्टीले भने बहिष्कार गरेको छ । पोखरामा आयोजित सभामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , नेकपा ९माओबादी केन्द्र० का अध्यक्ष पुष्पकमल दहाल ९प्रचण्ड०,एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल ,नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको छ ।
सत्ताधारी दलको गठबन्धनले गरेको सभामा सहभागि नहुनका लागि जनता समाजबादी पार्टीका पोखरा महानगर अध्यक्ष राजु क्षेत्रीले आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले गठबन्धनमा सहभागी दलहरुलई गठबन्धनको सभामा आफ्नो पार्टीको चुनाव चिन्ह र झण्डा प्रयोग नगर्न चेतावनी पनि दिएका छन् । पोखरा महानगरपालिकामा वडा बाँडफाँडको बिषयमा बिबाद भएपछि जसपा गठबन्धनबाट बाहिरिएको हो ।
सत्ताधारी गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकिकृत समाजबादीका नेता धनराज आचार्य र उपमेयर पदमा नेपाली काँग्रेसको नेतृ कोपिला रानाभाट रहेकी छीन् ।
