पोखरा ३१ मा एमालेको चुनाबी अभियान जारी

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिजयी गराउन आग्रह गरेका छन् ।नेकपा एमाले पोखरा ३१ को घरदैलो कार्यक्रममा सहभागी बन्दै नेता अधिकारीले बिकास र समृद्धिको लागि एमालेको बिकल्प नभएकोले सुर्य चिन्हमा मतदान गरि एमालेलाई अत्याधिक बहुमतले बिजयी गराईदिन मतदातालाई आग्रह गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता पछि बनेको नेकपाको निरन्तरता नेकपा एमाले नै भएकोले सुर्य चिन्हमा मतदान गरि एकता अभियानलाई निरन्तरता दिन माओवादीलाई उनको आग्रह थियो । आफ्नो चुनाब चिन्हमा भोट हाल्न नपाएका मतदाता साथीहरूले पनि यो पटक सुर्य चिन्हमा मतदान गरि सहयोग गर्न नेता अधिकारीले आग्रह गरे । एमालेले मेयर, उपमेयर, वडा अध्यक्ष लगायतका पदमा सक्षम ब्यक्तिलाई अगाडी सारेको भन्दै सबै पदका उम्मेदवारहरु लाई अत्याधिक मतले बिजयी गराएर स्थानीय तहको बिकास र समृद्धि नेतृत्व एमालेलाई सुम्पन समेत आग्रह गरे ।

गृह वडा समेत रहेको पोखरा ३१ मा पुगेका अधिकारीले वडा भित्रका शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्दै यातायातको क्षेत्रमा बेगनासताल भञ्ज्याङ् तालबेसी सडकलाई रणनीतिक रुपमा प्राथमिकताका साथ पहल गरिएकोले यो कामले पनि छिट्टै पुर्णाता पाउने बताए ।

कार्यक्रममा पोखरा ३१ का लागि एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले घरदैलोको क्रममा मतदाताको उत्साहजनक प्रतिक्रिया पाईरहेको र आफ्नो टिम जितको नजिक रहेको बताए । उनले भने “हामीहरू जहाँ जहाँ पुगेका छौ त्यहाँ मतदाताको सकारात्मक र उर्जा सहितको प्रतिक्रिया पाईरहेका छौ । सबैको माया र साथले हाम्रो टिम जितको नजिक पुगेको महसुुस गरेका छौ ।”

आफ्नो जित सुनिश्चित रहेको भन्दै उनले आफुले पोखरा ३१ लाई समृद्धि बनाउने सपना देखेको र त्यो पूरा हुने दिशामा रहेको दाबी गरे । उनले निर्वाचित भएपछि ५ बर्ष आफ्नो ध्यान वडाको शिक्षा, स्वास्थ्य, यातायात, संचार र रोजगारी जस्ता बिकासका पुर्वाधार निर्माणमा केन्द्रित हुने बताए ।

नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्य सहित बुधबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । बुधबार भञ्ज्याङ्, साहुँकुना, सुन्दरीडाँडा, सिमलडाडा र उपल्लो गुरुङ्ग गाउँ लगायतका टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेको प्रचार–प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।घरदैलो कार्यक्रममा चुनाव प्रचारप्रसार कमिटी, पार्टी कमिटी, सल्लाहकार, बुद्धिजीवी युवासंघ, महिला समुह लगायतको उत्साहजनक सहभागीता रहेको अधिकारीले बताए । घरदैलो कार्यक्रम बिहीवार पनि जारी रहने प्रचारप्रसार समितिले जनाएको छ ।

स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने , महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ ।

पोखरा महानगरपालिका ३१ एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमालेका उम्मेदवार फराकिलो मत

कमेन्टहरु
Loading...