पोखरा महानगरको मेयर उपमेरसहित २१ वडा एमालेले जित्ने जसपा नेताको दाबी

पोखरा/पोखरा महानगरपालिकामा गठबन्धनमा भाडभैलो भएपछि गठबन्धनले अपरिपक्कताको कारण महानगरपालिकाको मेयर र उपमेयरसहित २१ वडा गुमाउने जसपाका नेता किरण थापाले दावी गरेका छन् । गठबन्धनमा काँग्रेस र माओबादी नेताहरुको हठका कारण पराजय ब्यहोर्नुपर्ने अवस्था सिर्जना भएको थापाको दावी छ ।


गठबन्धनको मर्म भन्दा बाहिर गएर गठबन्धनमा सहभागि बन्न नसक्ने बताउदै जसपा नेता थापाले आफ्ना पार्टीका नेता कार्यकतालाई सामाजिक संजालमार्फत पोखरा महानगरपालिकामा गठबन्धन टुटिसकेको जानकारी गराउँदै गठबन्धनको लागि होईन छाता चिन्हमा मतदान गर्न आव्हान गरेका छन् । पोखरा महानगरपालिकामा जसपाको करिब तीन हजार बढि मत रहेको जसपाको दावी छ । यस अघिको स्थानिय निर्वाचनमा जसपाका मेयर पदका प्रत्यासीले तीनहजार बढि मत प्राप्त गरेका थिए ।

कमेन्टहरु
Loading...