पोखरा । पोखराका पर्यटन सम्बद्ध संघ संस्थाहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले जेठ १ गतेबाट लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णयको स्वागत गरेको छ ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइद्धारा जारी विज्ञप्तिमा निर्णयको स्वागत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “कोभीड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक विदाको निर्णयले आन्तरिक पर्यटकको चहल पहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुुग्ने विश्वास लिएका छौं ।”
विज्ञप्तिमा पर्यटन पुनरुत्थान गर्नका लागि नेपाल सरकारले ल्याएको देश दर्शन कार्यक्रम तथा हप्तामा २ दिन विदाको औपचारिक निर्णयको पर्खाइमा रहेको परिषद्ले यसलाई निकै सकारात्मक र स्वागतयोग्य निर्णयको रुपमा लिएको जनाउँदै प्रभावकारी कार्यान्वयन गर्न आग्रह समेत गरेको छ ।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी विहान ९.३० बजेदेखि साँझ ५ बजेसम्म कार्यलय समय कायम रहने निर्णण गरेको हो । सरकारले विदेशी मुद्रा सञ्चिति घट्दो र शोधानान्तर घाटा बढ्दो स्थितिका कारण अर्थतन्त्रमा जोखिममा बढेपछि हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।