सौगात पोखरेल |उम्मेदवार मनोनयनका दिनसम्म गठबन्धनका लागि कास्कीमा गठबन्धनमा रहेका काँग्रेस बाहेकका दलहरु प्रयत्न गरिरहेका थिए । त्यही बीचमा काँग्रेस नेताहरुकै पहलमा कार्यकर्ता बोलाएरजिल्ला कार्यालयमा ताला लगाउन लगाइयो । त्यहीबाट मिडियालाई खबरगरि हल्ला खल्ला गरियो । बेलुका एक्लै चुनाब लड्ने घोषणा गरेर गठबन्धनको बैठकमा काँग्रेस नेताहरू पुगे ।
दीपक पौडेलको उम्मेदवारीले जितको सेलेब्रेसन गरिरहेका गठबन्धन उम्मेदवार धनराजलाई एकाएक निरास बनायो । उनी काँग्रेसको एक्लै लड्ने निर्णयले निराश बनाएको आचार्यलाई गठबन्धन बैठकमा काँग्रेस नेताहरूको सहभागिताले थप उत्साहित बनायो । मनोनयन दर्ताको अघिल्लो दिन राती घ बजेसम्म बैठक बस्यो सहमति हुन सकेन । मनोनयन दर्ता आ(आफ्नो तरिकाले गर्ने र पछि फिर्ता लिने सहमतिसहित गठबन्धन बैठक टुट्यो ।

कास्की काँग्रेसले अन्नपूर्ण गाउँपालिकामा जसपासंग मनोनयन दर्ताकै दिन लिखित सहमति गर्यो । तर त्यो पनि काँग्रेसले कार्यान्वयन गरेन । त्यहाँ पनि पछि फिर्ता लिने भन्दै थमथमायो । कार्यकर्ताको असन्तुष्टि देखाउदै गठबन्धनको अन्य दललाई झुलाउने वा अन्य दलसँग सहकार्य गर्नबाट रोक्नका लागि कास्की काँग्रेसले कुटिल चाल चालेको देखिन्छ । गठबन्धनका अन्यदलहरु भने काँग्रेसकै भुलभुलैयामा लागेको देखिन्छ ।
कास्कीको गठबन्धनबाट जसपा र जनमोर्चा बाहिरिए पनि माओवादीलाई भने अझैपनि काँग्रेसले आश देखाइरहेको देखिन्छ ।
महानगरको दर्जन बढि वडा अध्यक्ष र चार पालिका उप(प्रमुख दाबी गरिरहेको माओवादीलाई दुईचार वडा र एक पालिका उपप्रमुख दिएर चित्त बुझाउने योजनामा काँग्रेस लागेको एक काँग्रेस नेताले बताए ।