पुम्दीकोटमा जारी महायज्ञमा ७७ लाख संकलन

 

पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ७७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म ७७ लाख ८१ हजार रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।

महायज्ञको तेश्रो दिन ३० लाख ८१ हजार संकलन भएको सदस्य बरालले जनाए । महायज्ञको तेश्रो दीनमा पोखरा न्यूरोडको सिटिजन फर्निचर ट्रेड लिंक प्रा.लि.बाट ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त भएको छ । काठमाण्डौं निवासी दील कुमारी देवकोटाबाट २ लाख २५ हजार, पोखरा ८ घर भई हाल अमेरीका रहेका अर्जुन ढकाल र बिष्णु बरालबाट २ लाख २५ हजार प्राप्त भएको समितिले जनाएको छ ।

त्यसै गरी पोखरा ४ निवासी हाल अमेरीका रहेका विकास पराजुली र सृजना बराल पराजुलीबाट २ लाख २५ हजार, कास्कीको अन्नपूर्ण गाउँपालिका ३ निवासी कुशुम कुमार पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ रुपैया संकलन भएको छ । त्यसै गरी कास्कीको माछापुच्छ«े गाउँपालिका ६ धिताल निवासी मदन पौडेल र नानुमाया बराल (पौडेल) बाट २ लाख २५ हजार, पोखरा २२ कै धुर्वतारा आमा समुहबाट १ लाख २७ हजार १ सय २५, काठाण्डौंको बनस्थली निवासी नरेशराज घिमिरेबाट १ लाख ११ हजार १ सय ११ रुपैया संकलन भएको छ ।

दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्।

बिशाल महादेवको मुर्ति परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । ४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए ।

कमेन्टहरु
Loading...