पोखरा मेयरमा कुरा नमिल्दा गठबन्धनसँग एकीकृत समाजवादीको सम्वन्ध टुट्यो

गन्थन संवाददाता, पोखरा । पाँच दलिय गठबन्धनबाट कास्कीमा नेकपा एकीकृत समाजवादीको सम्वन्ध टुटेको छ । पोखरा महानगरको मेयरमा दावी गरिरहेको एकीकृत समाजवादीले मेयरमा कुरा नमिलेपछि एकीकृत समाजवादीको सम्वन्ध टुटेको कास्की काँग्रेसका सचिव भानु ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत जिकिर गरेका छन् ।

‘मित्रवत् प्रतिस्पर्धा गरौं …कास्की जिल्लाको गठबंधन दलबाट एकीकृत समाजवादी पार्टी सित संग-संगै अगाडी बढ्न सकियन, त्यसकारण यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस कास्कीको अपिल!’- ढकालले सञ्जालमा लेखेका छन् ।

यता एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यका अनुसार अहिले पनि गठबन्धनको बैठक बसिरहेको र सहमतिको प्रयास जारी रहेको गन्थन डटकमलाई बताएका छन् ।

कमेन्टहरु
Loading...