नेकपा एमाले छाडेर नेकपा एस गएका नेकपा एस निकट शिक्षक संगठन कास्कीको अध्यक्ष नेत्र सुवेदी एमालेमा नै फर्किएका छन । सुबेदी आजै
नेपाल बुद्धिजीवी परिषद् अन्नपूर्ण गाउँ पालिका कमिटीको अध्यक्ष मा निर्बाचित भएका छन । निर्बाचित भै सकेपछि कार्यक्रमलाइ सम्बोधन गर्दै सुबेदीले गठबन्धनको जाल झेल लाइ परास्त गरि देशै भरि एमालेलाइ जिताउन अपिल गरे । १७ सदस्यीय नेपाल बुद्धिजीवी परिषद् अन्नपूर्ण गाउँ पालिका कमिटी रहेको नेकपा एमाले अन्नपूर्ण गाउँ पालिका कमिटीका अध्यक्ष बिबेक देबकोटाले जानाकारी दिए । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले गन्डकी प्रदेश कमिटीका सचिबालय सदस्य पुन्य पौडेल ले नेकपा एमालेको जित सुनिश्चित भएको बताए । नेकपा एमाले अन्नपुर्ण गाउ पालीका सबैलाइ समेटेर एक मना एकताका साथ पार्टी चुनावमा होमिने बताए । नेपाल बुद्धिजीवी कास्कीको अध्यक्ष प्रा.बिश्वराज अधिकारीले नेकपा एमालेलाइ कसैको शक्तिले रोक्न नसक्ने बताए ।