बाल न्यायको विषयमा अन्तरक्रिया

पोखरा, २० माघ/बाल न्यायलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा शुक्रबार पोखरामा अन्र्तक्रिया कार्यक्रम भएको छ । जिल्ला बाल न्याय समन्वय समिति कास्कीको आयोजना, बाल समन्वय समिति काठमाण्डौँको सहयोगमा कास्की जिल्ला अदालतमा कार्यक्रम भएको थियो । बाल न्याय सँग सरोकार राख्ने सबै सरोकारवालाको बिच बाल न्यायलाई अझ प्रभावकारी बनाउनका लागी आवश्यक कुराहरुलाई प्राथमिकताका साथ अगाडी ल्याउन कसरी सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधिश माधव प्रसाद चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बोल्दै न्यायाधिश चालिसेले बाल न्यायको सन्र्दभमा भैरहेको कानुनी व्यवस्थालाई इमान्दारी पुर्वक सबैले पालना गर्नुपर्ने बताए । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधिश हेमराज पन्तले बालबालिकाको मुद्दा गम्भिर खालको हुने भएकोले यस्ता मुद्धालाई अदालतमा पनि बाल इजलासबाट हेर्ने गरेको जानकारी दिएका थिए ।

कार्यक्रममा कास्की जिल्ला अदालतका श्रेस्तेदार वासुदेव न्यौपाने, तहसिलदार ठाकुर प्रसाद खरेल, जिल्ला बारका अध्यक्ष कमल प्रसाद अर्याल, जिल्ला बालमञ्चकी अध्यक्ष कु्ञ्जनी प्यासी परियारले समेत बोलेका थिए । अन्र्तक्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले जिल्ला स्थित बाल कल्याण समिति तथा बालबालीकाको क्षेत्रमा काम गर्ने संघ सस्थाले निर्वाह गरेको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश स्विकृती पराजुलीले बाल न्याय प्रशासन अवधारणा र कानूनी व्यवस्था भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी बाल न्याय संरक्षणमा अनुसन्धान अधिकारीको भुमिका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रविन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...