भैरहवाको जितमा स्पीनरको उत्कृष्ठ प्रदर्शन

पोखरा, २० माघ/दुई व्याट्सम्यानले मात्रै दोहोरो अंकको रन बटुलेपछि झिनो रनको लक्ष्य पछ्याएको क्षेत्र नं २ विरगन्ज क्षेत्र नं ४ भैरहवासित ४७ रनले पराजित हुन पुगेको छ । एकसय ११ रनको लक्ष्य पछ्याएको विरगंज ३० ओभर तीनबलमा अलआउट हुदाँ केवल ६३ रनमा समेटिएको थियो ।

टस जितेर व्याटिङ रोजेको भैरहवाले ३१ ओभर दुई बल मात्रै खेलेर एकसय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो । दोस्रो बलमा पहिलो विकेट गुमाएको भैरहवाका लागि विजय सुनार र सन्देश गौडेलले केही समय क्रिजमा टिकेर ३७ र ३० बनाएर पवेलियन फर्किदाँ भैरहवाको खातामा सन्तोषजनक स्कोर देखिएको थियो । दुवैले पाँच पाँच चौका हिर्काए । निर्मल थापा अविनाश कर्णको बलमा एलविडब्लुको शिकार भएपछि भैरहवाका अन्य व्याट्सम्यान पनि सस्तैमा समेटिएका थिए । कर्णको बलिङमा ओपनर व्याट्सम्यान शंकर राना रामनरेश गिरीबाट मिडअफमा क्याच हुन पुगेका थिए ।

विरगन्जले भैरहवालाई सस्तैमा समेट्न अविनाश कर्णले छ ओभरमा एक मेडन राखदै २७ रनको दिएर तीन विकेट लिएका थिए । अरिफ शेख भैरहवाका लागि घातक बलर सावित भए । उनले छ ओभरमा एक मेडन तीन रनसँगै तीन विकेट लिएपछि व्याटिङ ध्वस्त भएको थियो । इरसाद अहमदलेपनि तीन विकेट लिन सफल रहे । एकसय बनाउने क्रममा भैरहवाले तीन विकेट गुमाएको थियो । दश रन थप्ने क्रममा भैरहवाले बाँकी चार विकेट गुमाएपछि आफनो इनिङ एकसय १० रनमा टुग्याएको थियो ।

स्पीनरले उत्कृष्ठ बलिङ गरेपछि भैरहवाले विरगन्जलाई केवल ३० ओभर तीन बलमा सबै विकेट गुमाई केवल ६३ रनमा समेटिदिएको थियो । विवेक चौधरीले वलिङको चादु देखाउने क्रममा दशओभर बलिङ गरेर एक मेडन राख्दै केवल १९ रन मात्रै दिएर ५ विकेट लिए । उनी म्यान अफ दि म्याच घोषित भए । उनलाई सहारा युकेका अध्यक्ष नविन गुरुङले ट्रफी प्रदान गरेका थिए । सोही अवसरमा क्षेत्रीय क्रिकेट विकास समिति पोखराले एसीसी फोटो अफ दि ईयरबाट सम्मानित फोटो पत्रकार सुदर्शन रन्जितलाई समेत खादा लगाई सम्मान गरेको थियो ।

केवल एकसय १३ मिनेट मात्रै क्रिजमा रहेको विरगन्जका लागि अरिफ सेखले २० बलमा १० रन र सागर गुप्ताले पनि ४४ बलमा केवल १० रन मात्रै बनाएर पवेलियन फर्किदा भरपर्दा र अन्तराष्ट्रिय क्रिकेटको समेत अनुभव लिएका अविनाश कर्ण समेत सस्तैमा आउट भएपछि विरगन्जले झिनो लक्ष्य पछ्याउन समेत असफल बन्यो । कर्ण चौधरीको बलमा क्लिन बोल्ड हुदाँ उनको खाताका कवेल चार मात्रै रहेको थियो । सुशान्त भारी पनि दुई विकेट आफनो नाममा लेखाउँदा भैरहवा जित आत्मसात गर्दै सेमिफाईनल प्रवेशको लागि महत्वपूर्ण तीन अकं जोडेको छ । शनिबार क्षेत्र नं ४ भैरहवाले क्षेत्र नं ७ जनकपुरसित खेल्ने छ ।

कमेन्टहरु
Loading...