पोखरा / पोखराको सभागृहचोकमा आज (बुधबार) बिहान मालबाहक ट्रकले किच्दा एक विद्यार्थीको ज्यान गएको छ।
बिहान करिब ६ बजे ना ६ प ४७२५ नं. को मालवाहक ट्रकले ग१६प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त विद्यार्थी ट्रककाे पाङ्ग्रा मुनी परेकी थिइन् । ज्यान जाने पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत वर्ष १८ की अञ्जना पाइजा रहेकी छिन् ।
पाइजा पोखरा–१५ नयाँ गाउँबाट कलेज आउँदै गर्दा उक्त घटना भएको कास्की प्रहरीले जनाएको छ।
ट्रक चालक विश्व श्रेष्ठ र सहचालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।