नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

काठमाडौं / नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए ।

बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए ।

कमेन्टहरु
Loading...