कसको पोल्टामा जाला यो कप ! हामी हन्ड्रेट पर्सेन्ट जित्छौ– किरण अनुमान लगाउने त पण्डितले हो, हामी मेण्टल गेम खेल्छौ– प्रदिप

सहारा क्लवका प्रशिक्षक किरण श्रेष्ठले यसपटकको आहा रारा गोल्डकप ‘हन्ड्रेट पर्सेण्ट’ हामीनै जित्छौं भनेर दावी गरिसकेका छन् । तर थ्रीस्टारका प्रशिक्षक प्रदिप हुमागाईले भने जित्नेमा यति पर्सेन्ट भनेर कुनै दावी गरेनन् । ‘किरण जी ले त हन्ड्रेट पर्सेण्ट नै भन्नुभयो, तपाई कति पर्सेन्ट भन्नुहुन्छ ? भन्ने सञ्चारकर्मिको प्रश्नलाई चिर्दै उनले यति पर्सेन्ट भनेर म अहिल्यै भन्दिन, यसो भनेमा म पण्डित ठहर्ने छु र यस्तो भन्ने काम पण्डितको हो ।’

थ्रीस्टार र आयोजक सहारा क्लव शनिवार ११ औं संस्करणको आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको उपाधीका लागि भिड्दै छन् । यस्तोमा सहारा क्लवले शुक्रबार क्लव भवनमै दुवै टोलीका प्रशिक्षक, टिम क्याप्टेन तथा म्याच कमिस्नार बुद्धिबहादुर गुरुङ्ग समेतलाई सञ्चारकर्मिहरुमाझ बोलाएर आ–आफ्ना कुराहरु राख्ने अवसर मिलायो ।

सोही कार्यक्रममा थ्रीस्टारका प्रशिक्षक हुमागाईले ‘हामी मेण्टल फुटवल खेल्छौं,तर पहिल्यै जित्छौं वा हार्छौ भन्ने दावी गर्दैनौं’ भनेका हुन् । त्यति मात्रै होइन उनले सहाराका प्रशिक्षक किरण श्रेष्ठ प्रति कटाक्ष मार्दै उनलाई पण्डित समेत बनाए । यद्यपी उनले किरणलाई अग्रज प्रशिक्षक भनेर सम्मान गर्न भने विर्सिएनन् । ‘उहाँ अनुभवि प्रशिक्षक हुनुहुन्छ’ उनले भने ‘म त भर्खरै फुटवल तिर आएको, उहाँको लागि बच्चै हुँ ।’ खेल कस्ले जित्छ भन्ने कुरा हामी मैदानमा देखाउने छौं–उनको भनाई थियो । टोलिका नियमित ८ खेलाडी बन्द प्रशिक्षणमा भएपनि अतिरिक्त खेलाडीमा पनि खेल जित्ने सामथ्र्य रहेको उनले बताएका छन् ।

सहाराका प्रशिक्षक किरणको भनाईले उनी मानसिक रुपमा पनि बलियो रहेको पुष्टि गर्दछ । थ्री स्टारको कुन पक्ष संग तपाई डराउनुहुन्छ भन्ने प्रश्नमा उनले थ्रीस्टारसंग डर नलागेको बताए । ‘हामीलाई थ्रीस्टारसंग डर लाग्दैन,बरु आर्मिसंग डर लाग्थ्यो’ किरणले भने ‘किनकि आर्मि फिजिकल्ली फिट छन् तर हामीहरुले उनीहरुलाई पनि जित्यो, अब कुनै टिम संग डर छैन ।’

सहाराको टिमबाट मैदान उत्रने राम्रा दुई खेलाडीले लगातार दुई खेलमा पहेंलो कार्ड खाएर आर्मि विरुद्धको सेमिफाइनल गुमाएका थिए । तर फाइनलमा ति दुवै खेलाडी मैदान उत्रने छन् । यस्तोमा किरण र समग्रमा टिमकै मनोवल उच्च हुनु पनि स्वभाविकै हो । तर गोल्डकप कस्को पोल्टामा जाने हो, त्यो भने शनिवार दिउँसो हुने खेललेनै देखाउने छ । थ्रीस्टारले यसअघि एक पटक यो गोल्डकप उठाइसकेको छ भने सहारा भने पहिलो पटक यसको स्वाद चाख्ने तरखरमा रहेको छ ।

कमेन्टहरु
Loading...