फेवा पर्यटन बिकास समितिद्वारा वडा १८मा स्ट्रिट नं राख्ने कार्य सम्पन्न

पोखरा । पोखरा महानगपालिका वडा नं १८ को सिमना गैर्हि चौतारा देखि वडा नं २४ को सिमना चंखपुरसम्म फेवा पर्यटन बिकास समितिद्वारा स्ट्रिट नम्वर राखेको छ । पोखरा वडा नं. १८ का वडा अध्यक्ष रणबहादुर थापाले १/१८ स्ट्रिटको स्टिकर टाँसेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले यस कार्यले पर्यटकहरुलाई आँफुले जान चाहेको ठाउँसम्म पुग्न सजिलो हुने बताए । साथै नर्थ लेकसाई क्षत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने बिस्वास लिएको बताए ।

मुख्य बाटोको ना पन्चासे मार्ग छ भने हाल सम्म कायम भएका सबै सायक सडक मार्गहरुमा स्ट्रिट नं राखिएको छ । वडा नं १८को पुर्बि सिमना गैर्हि चौतारा देखि पस्चिम सिमा चंखपुर सम्म जम्मा १५ वटा सायक सडक रेहेको छ । जसमा १ नं गैर्हि चौतार वडा नं १८ को सिमनामा रहेको छ भने अन्तिम १५ भकुन्डे चोकमा रहेको छ ।नर्थलेकसाईड क्षेत्र वडा नं १८ भएको हुँदा सबै स्ट्रिट नं को पछाडि अब्लिक राखेर १८ नं झुन्ड्याईएको छ ।

फेवा पर्यटन समितिका अध्यक्ष राम कुमार राईका अनुसार यदि भकुण्डेदेखि अगाडि नयाँ सडक थपियो भने स्ट्रिट नं १६, १७ हुँदै जानेछ । साथै बिचमा बिचमा नयाँ सडक हरु थपिएको खण्डमा जुन स्ट्रिट नं को अगाडि थपिन्छ सोही स्ट्रिट नं र पछाडि ए, बि झुन्ड्याईने छ ।

स्ट्रिट नं निर्माण उपसमितिका संयोजक मनोहर श्रेष्ठका अनुसार मुख्य सडकसँग जोडयका बिभिन्न सहायक सडकहरुको चोकमा , भित्रि सडक खन्डमा रहेका ब्यवसाही हरुको ब्यवायको नाम ,ठेगना सहितको जानकारी मुलक बोर्ड राखेर ब्यस्थित पनि गरिने भएको छ । साथै पहिलो चरणमा मुख्य बाटोमा जोडिएका बाटोहरुको स्ट्रिट नं राखियको छ भने, दोस्रो चरणमा अवस्यकता अनुसार साहयक बाटोमा जोडियका सडकहरुलाई समेत स्ट्रिट नं राखिने छ ।

समितिका उपाध्यक्ष अर्जुन सुबेदि (नेशन) टुरिष्ट रोड विस्ट्रोका सञ्चालक अनुसार बि.सं. २०७५ सालमा गठन भएको फेवा पर्यटन बिकास समितिले वडा नं १८ को पुर्बि सिमना गैर्हि चौतरा देखि पस्चिम सिमना चंखपुर पामेसम्मका ब्यवसायीको हकहित को लागि काम गर्दै आएको छ ।

स्ट्रिट लाईट राख्ने , फोहोर ब्यस्थापनको लागि बिनहरु राख्ने , वडासँगको सहकार्यमा ढुँङ्गाघाट निर्माण गर्र्ने लगायतका थुप्रै कामहरु गर्दै आएको छ । कोरोना कालमा (सिडोयो) कार्यलयसँग समन्वय गरि आफ्नाब्यवसाहिहरुलाई कोरोनाको खोप समेत उपलब्ध गराएको थियो । यो क्षेत्रबाट खुला ,मनोरम अनि फेवाताललाई नजिक बाट नियाल्न पाईने हुँदा पर्यटकिय हिसाबले महत्वपुर्ण क्षेत्र रहेको छ । क्रमिक रुपमा नयाँ ब्यवसायहरु थपिने क्रम जारि रहेको हुँदा ब्यवस्थापनको चुनैति पनि बढ्दै गएको छ ।

कमेन्टहरु
Loading...