जबरजस्तीकरणी गरेको भन्दै पल शाहविरुद्ध जाहेरी दर्ता

पोखरा । पोखरा । गायीका समिक्षा अधिकारीले नायक पल शाह विरुद्ध जाहेरी दर्ता गराएकी छन् ।

आज जिल्ला प्रहरी कार्यालय तनहुँमा गायिका अधिकारीले शाह विरुद्ध जबरजस्तीकरणीको जाहेरी दर्ता गराएकी अधिवक्ता टंक पौडेलले जानकारी दिए ।

जाहेरी दर्ता गराउन गायीका अधिकारी आफन्तसहित प्रहरी कार्यालय पुगेकी थिइन् ।

लामो समयदेखी पल र समिक्षा सम्बन्ध बारे अनेकौं कोणबाट प्रश्न उठ्ने गरेको थियो ।

केही दिन अघि मात्रै गायीका अधिकारी र नायक शाहको संवाद बाहिरिएपछि उनीहरुको सम्बन्धको विषयमा सामाजिक सञ्जाल तातिएको छ।

कमेन्टहरु
Loading...