पोखरा । एक किलो सुनसहित पोखराका एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेका छन् ।
गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा काठमाडौंबाट हाइसमा पोखरा आउँदै गरेका सुनारलाई लुकाई ल्याएका उक्त सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।