कोरोनाका कारण पोखरा महानगरपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित

गन्थन संवाददाता, पोखरा । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण पोखरा महानगरपालिकाका कर्मचारीमा देखिएपछि महानगरपालिकाबाट प्रवाह हुदै आएका अत्यावश्यक बाहेक नियमित सेवाहरु स्थगित गरिएको छ । महानगरपालिकाले आज विज्ञप्तीमार्फत कर्मचारीमा संक्रमणको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि नियमित सेवा स्थगित गरिएको जानकारी दिएको हो ।

कर्मचारीहरु कोभिडसँग मिल्दोजुल्दो लक्षण देखि परेकाले थप जोखिम बढ्न सक्ने भन्दै सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका नियमित सेवा स्थगन गरिएको बताईएको छ ।

कमेन्टहरु
Loading...