प्रदेश नं १ : एक हजार २८३ मा सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ४९२ जनाको पिसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा सात, उदयपुरमा छ, इलाममा चार, खोटाङमा तीन, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ४५ जनामा सङ्क्रमण देखिएको हो ।

स्थानीय पालिका अनुसार सबै भन्दा बढी विराटनगर महानगरपालिकामा २७६, सुनसरीको धरानमा १२१, इटहरी उपमहानगपालिका ७६, मोरङको बेलबारीमा ३६, झापाको विर्तामोडमा ३१, दमक नगरपालिकामा ३७ र कन्काई नगरपालिकामा २० सहित प्रदेशको ५७ वटा पालिकामा सङ्क्रमित देखिएका छन् ।

प्रदेशमा आजै १०७ महिलासहित २४३ जना कोरोना सङ्क्रणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको र छ हजार ४५४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...