कोरोना परीक्षण शुल्क अब सरकारीमा ८०० र निजीमा १५०० रूपैयाँ

पोखरा । सरकारले कोरोना परीक्षणको शुल्क आजदेखि घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा पिसिआर परीक्षण गर्दा ८०० रूपैयाँ र निजी प्रयोगशालामा पिसीआर टेष्टको शुल्क १५०० रूपैयाँ तोकिएको छ।

यसअघि सरकार अस्पतालहरुमा परीक्षणको शुल्क १ हजार र निजी अस्पतालमा २ हजार रूपैयाँ लिइँदै आएको थियो।

साथै लक्षण भएकाहरुको सरकारी अस्पातलमा निःशुल्क परीक्षण हुने जानकारी पनि मन्त्रालयले दिएको छ ।

कमेन्टहरु
Loading...