पार्टीको निर्देशनलाई लत्याउँदै अध्यक्ष पदका उम्मेदवार मनबहादुर गुरुङले सामुहिक भोटको अपिल गरे

पोखरा । नेकपा (एमाले) कास्कीको १०औं जिल्ला अधिवेशन पोखरा सभागृहमा चलिरहेको छ । सर्वसम्मत गराउने प्रयासका लागि छलफल जारी रहेपनि आकांक्षीहरु पछाडी नहटेपछि कास्की जिल्लाको अधिवेशन चुनावमा जाने देखिएको श्राेत बताउँछ ।

पार्टीले सामुहिक प्यानल नबनाउन निर्देश गरेको छ तर एमाले कास्की अध्यक्ष पदका उम्मेवार मनबहादुर गुरुङसहितका विभिन्न पदका आकांक्षीहरुले आफ्नो लागि सामुहिक भोट मागिरहेका छन् । पार्टीको निर्देशन विपरित सामुहित भोटको अपिल गर्नु गलत भएको कार्यकर्ता बताउँछन् । उनीहरु अधिवेशनमा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको गुटका कारण निराश भएको बताउँछन् ।

 

कास्की जिल्ला अधिवेशनमा ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय २३ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ ।

७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित छन् ।

 

कमेन्टहरु
Loading...