अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि इसान र मदनको जोडीलाई

राजु गिरी, पोखरा । सुर्यचन्द्र विकास समाजद्वारा आयोजित पोखरा महानगर स्तरिय अन्तर सहकारी पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि नागरिक बचत तथा ऋण सहकारीका इसान खड्का र मदन बस्नेतको जोडीले हात पारेको छ । योसँगै उनीहरुले नगद २० हजार ५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै पुइमे बचत तथा ऋण सहकारीका प्रदिप लम्साल र विसाल गुरुङको जोडी दोश्रो हुन सफल भएको थियो । दोश्रो हुने उक्त पुइमेको जोडीले नगद १५ हजार ५ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

प्रतियोगितामा बुद्ध बचत तथा ऋण सहकारीका दुर्गा बराल र उपेन्द्र श्रेष्ठको जोडी साथै सहज ट्रेड सहकारीका राजकुमार घले, बिरेन्द्र श्रेष्ठको जोडी तेश्रो हुन सफल भयो । तृतिय पुरस्कार नगद १२ हजार ५ रुपैया दुवै टिमले आधा–आधासहित सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीको उपाधि बुद्ध बचतका उपेन्द्र श्रेष्ठले पाए । श्रेष्ठले ३ हजार ५ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

पुरस्कार वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धन बहादुर नेपालीले मानव स्वास्थ्यका लागि खेल आवश्यक रहेको बताउँदै प्रतियोगिताले खेलाडीलाई उत्साह थपिदिएको बताए ।

 

 

 

 

कमेन्टहरु
Loading...