स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) गण्डकीद्वारा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

पोखरा । शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संगठन, स्वतन्त्र शैँक्षिक परामर्श संघ (फेकन) गण्डकी प्रदेशले पौष १६ गते आफ्नो स्थापना दिनको अबसर पारेर श्री शिद्ध बराह आधारभुत बिद्यालय, कास्कीकोटमा बिभिन्न शैक्षिक तथा खेलकुदका सामाग्रीहरु बितरण गरेको छ । संस्थाले बिद्यालयमा अध्यनरत जेहेनदार बिद्यार्थिहरुलाइ कपिकलम तथा बिद्यालयको लागी मार्कर, डस्टर लगायत अन्य खेलकुद सामाग्रीहरु बिद्यालय प्राङ्गणमा एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष, जागृत प्रसाद भट्टराइले बिद्यालयलाइ आँफुहरुले सहयोग गर्न पाउँदा खुसि तथा गौरबको महसुस भएको कुरा ब्यक्त गरे । त्यस्तै संस्थाका महासचिब संजय सुबेदीले आफ्नो संस्था ब्यबसायबाट मात्र नभइ सामाजिक उत्तरदायित्वबाट समेत प्रेरित रहेको बताए । त्यस्तै संस्थाका कार्यकारी सदस्यहरु सुर्य प्रसाद भण्डारि र सुरेस पौडेलले आ–आफ्नो भनाइ राख्दै आगामि दिनहरुमा पनि संस्था मार्फत यस्था कार्यहरुले निरन्तरता पाउने भनाइ ब्यक्त गरे ।

उक्त कार्यक्रममा बिद्यालयको तर्फबाट बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शालिकराम सुबेदि तथा प्रधानाध्यापक भोलानाथ अधिकारिले अभार ब्यक्त गरेका थिएभने कार्यक्रमको सहजिकरण शिक्षक जयलाल भट्टराइले गरेका थिए ।

कमेन्टहरु
Loading...