सरकार कालोधनलाई सेतो बनाउनतर्फ केन्द्रित: एमाले उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार कालोधनलाई सेतो बनाउन लाग्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।

अहिलेको सरकार प्रतिगमनतर्फ केन्द्रित भएको भन्दै उनले  सच्चिन आग्रह गरे ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको २५ औं क्याम्पस कमिटी सम्मेलन तथा नवआगन्तुक विद्यार्थी स्वागत, बिदाइ, उत्कृष्ट विद्यार्थी सम्मान एवं विविध सांस्कृतिक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले प्रदेशमा मन्त्रालय फुटाउँदैं राज्यको दोहोन गरेको आरोप समेत लगाए ।

आगामी निर्वाचनमा एमालेलाई बहुमतले जिताएर मुलुकलाई समृद्धि र सुखी नेपाली बनाउनेतर्पm सबै जना लाग्नुपर्ने उनको भनाइ थियो ।

२ दिनसम्म चल्ने सम्मेलनअन्तर्गत बुधबार बन्दसत्रसहित नयाँ कमिटी बिस्तार हुने पिएन क्याम्पस संयोजक विष्णु पोखरेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...