प्रदेश नं १ मा ९५ सक्रिय सङ्क्रमित

प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित झापा र मोरङमा मात्र देखिएका छन् ।

सङ्क्रमित मोरङमा १० र झापामा एक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सात, रङ्गेली, धनपालथान र बेलबारीमा एक/एक तथा झापाको शिवसताक्षीमा एक जनामा सङ्क्रमण देखिएको हो ।

कमेन्टहरु
Loading...