काठमाडौँ l सरकारले यहि पुष ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयले सूचना जारी गर्दै बिदा बारे जानकारी दिएकाे छ । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।