एमालेको संगठन विभाग प्रमुखमा खगराज अधिकारी

पोखरा । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकले महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी खगराज अधिकारीलाई तोकेको छ ।

कास्की क्षेत्र नं १ सांसद तथा पूर्व मन्त्री समेत रहेका अधिकारीलाई स्थायी कमिटी सदस्य तथा संगठन विभागको जिम्मेवारी प्रदान गरिएको छ ।

अधिकारी चितवनमा सम्पन्न दशौं महाधिवेशनमा लोकप्रिय मत सहित केन्द्रिय सदस्यमा विजयी भएका थिए ।

कमेन्टहरु
Loading...