अनेरास्ववियु महानगर कमिटीको अन्तर विध्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अनेरास्ववियु पोखरा महानगर कमिटीको अन्तर विध्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगरका १४ वटा विध्यालयको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

महानगर भित्रका सामुदायिक माध्यमिक तहका विध्यार्थीहरुलाई अनेरास्ववियु महानगर कमिटीले ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक बिनोद भण्डारीले जानकारी दिए।

१४ वटा विध्यालयका विचमा भएको प्रतियोगितामा श्री कृष्ण माध्यामिक विध्यालय प्रथम भएको थियो । साथै सो प्रतियोगितामा जनप्रिय माध्यामिक विध्यालय द्धितिय र सिद्ध बराह माध्यामिक विध्यालय तृतीय र गोगन माध्यामिक विध्यालयले सान्त्वना स्थान हासिल गरेको थियो । कार्यक्रममा विजेता हुनेले क्रमश दश हजार, सात हजार पाच सय, पाच हजार र तीन हजार हासिल गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताए ।

साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको धारणा थियो ।

विनोद भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा विशेष अतिथि नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव जीवन प्रसाद आचार्यले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य सुर्य भण्डारी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य आशीर्वाद सुवेदी, गण्डकी प्रदेश सम्योजक प्रकाश पौडेल, अनेरास्ववियु केन्द्रिय सचिवलय सदस्यएवं पोखरा महानगर इन्चार्ज प्रतीक्षा पौडेल र केन्द्रिय सदस्यहरु संजय बैरागी, महेन्द्र उपाध्याय (मन्नु), सुशन घिमिरे, विजय पौडेल विश्वदर्शन पराजुली, रोशन भट्टराई, किशोर सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य कमिटीका सह(सम्योजक डि।एन लामिछानेले गरेका थिए भने संचालन कमिटीका सचिव विराट दवाडीले गरेका थिए ।

कमेन्टहरु
Loading...