मानवअधिकार रक्षक र कोभिड-१९ ले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की । अन्र्तराष्टिय मानवअधिकार रक्षक दिवसको अवसरमा पोखरामा मंसिर २३ गते मानवअधिकार रक्षक र कोभिड १९ ले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

गैसस गण्डकी प्रदेश, राष्टिय मानवअधिकार आयोग गण्डकी , इन्सेक , एड्भोकेसी फोरम , नेपाल पत्रकार महासंघ गण्डकी र कोक्यापको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी अधिकृत टंक खनालले मानवअधिकार रक्षकको अवस्था र नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले कोभिड १९ ले पत्रकारमा पारेको असर र अवस्थाबारे प्रस्तुती राखेका थिए ।

कार्यक्रममा बोल्दै मानवअधिकार आयोग अधिकृत खिमलाल सुवेदीले अधिकार र कर्तव्यलाई बोध गर्न आवश्यक रहेको बताए ।

उनले कोभिड १९ का कारण नागरिकहरुको अधिकारहरु हनन भएको बताउँदै मानवअधिकार आयोग सदैव नागरिकहरुको अधिकारको पक्षमा बोल्दै आएको भनाई राखे ।

गैसस गण्डकी अध्यक्ष तथा शान्तिका लागि नागरिक समाजको सञ्जाल संयोजक बिना सिलवालले मानवअधिकार रक्षकले आफ्नो कर्तव्यलाई बुझ्न जरुरी रहेको बताइन् ।

May be an image of 12 people, people standing and indoor

उनले आफुसंग भएका गलत कुरालाई छाडेर निश्पक्ष रुपमा मानवअधिकारको पक्षमा अधिकारकर्मी लाग्नुपर्ने बताइन् ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले मानवअधिकार रक्षकले विचार र राजनीतिक आस्थालाई छाड्नुपर्ने बताए ।

मानवअधिकार संरक्षण मञ्च कास्की अध्यक्ष कमल आर्यालले मानवअधिकारको रक्षाका लागि पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताए ।

कोक्याप गण्डकी अध्यक्ष सरु अधिकारीले १६ दिन मात्रै नभई ३६५ दिन नै हिंसाका विरुद्धमा मानवअधिकारकर्मी बोल्नुपर्ने बताइन् ।

उनले हिंसाका विरुद्धमा संघसंस्था मात्र नभई हरेक नागरिकहरुको भुमिका बलियो हुनुपर्ने भनाई राखिन् ।

सबैखाले हिंसाका विरुद्धमा अरुबाट भन्दा पनि आफैंबाट बोल्न सुरुवात गर्नुभयो उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले सभ्य , न्यायिक समतामुलक समाजको लागि निरन्तर लाग्नुपर्ने बताइन् ।

मानवअधिकारको संरक्षण र प्रर्वद्धनमा पत्रकारिताको भुमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...