विद्यार्थीसंग अवैध शुल्क उठाएको भन्दै मणीपाल विरुद्ध अनेरास्वबियु आन्दोलित

अनेरास्ववियु गण्डकी प्रदेशले मणिपाल मेडिकल साइन्स अगाडि बिरोध प्रर्दशन गरेको छ ।

मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी बाट अबैध रुपमा शुल्क असुल गरेपछी सुरु भएको आन्दोलन जारी छ ।

अनेरास्ववियुले संसिर २० गते मणिपाल कलेजमा अनिश्चितकालको लागि तालाबन्दी गरेको छ ।

बिरोध कार्यक्रममा अनेरास्ववियुले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किन आह्वान गरेको छ ।

अध्ययन गर्न आएका विद्यार्थी हरुलाइ बाहिर नबोल्न कलेजबाट धम्की दिइरहेको प्रती अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल प्रशासनलाई चेतावनी दिएका छन ।

बिरोधमा उत्रिएका विद्यार्थीले मणिपालका विद्यार्थीको साथमा आफुहरु भएकोले लुटतन्त्र विरुद्धमा उभिन आह्वान गरेका छन ।

कार्यक्रममा नेकपा एमाले पोखरा महानगर १६ का अध्यक्ष राजेश गुरुङले एक्यवद्धता जनाउदै आफ्नो वडामा रहेको मणिपालले विद्यार्थीलाई ज्यादती गरेकोले त्यसको विरुद्धमा सम्पुर्ण समुदाय रहेको बताए ।

कार्यक्रममा एनएमएसए गण्डकी संयोजक प्रेम जोशी, सह संयोजक तथा अनेरास्ववियु केन्द्रिय सदस्य अनित सिन्हाले आफूहरुले गण्डकी मेडिकल कलेजमा लामो समय गरेको आन्दोलनले नै त्यहाँको समस्या समाधान भएकोले विद्यार्थीलाई बाहिर निस्किन आह्वान गरेका थिए ।

आन्दोलनको कार्यक्रम विभिन्न स्वरुपमा अगाडि जाने अनेरास्ववियु गण्डकी प्रदेश सचिब आरके पोख्रेलले जानकारी दिए ।

अनेरास्ववियुले संयुक्त विद्यार्थी सङठनको तर्फबाट मणिपालमा भएको लुटबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

कमेन्टहरु
Loading...