प्रतिपक्ष दैलेखमा चिहान खन्दै माओवादी नेता

पोखरा, ६ माघ/प्रधानमन्त्री बाबुराम भट्टराईले द्धन्दकालका घटनालाई एक एक गरेर नकुट्याउन काग्रेस एमालेलाई आग्रह गरेका छन् । एकिकृत नेकपा माओवादी कास्कीको ५ औ अधिबेशनको आज पोखरामा शुरु उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले द्धन्दका बेला भएका घटनामा माओवादी भन्दा काग्रेस एमाले नै बढि दोशी रहेको बताउदै द्धन्दको बेलामा भएका घटनालाई नकोट्याउन आग्रह गरे ।एकिकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका उनले द्धन्दका घटनालाई सत्यनिरुपण आयोगबाट समाधान गर्नु पर्ने बताए । उनले प्रतिपक्षलाई घाउ कोट्यानु भन्दा सत्यनिरुपण आयोग गठन गर्न सहयोग गर्न आग्रह गरे । त्यसै गरि एकिकृत नेकपा माओवादीका अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठले आफुहरु परिर्वनको दिशामा गैरहेको बेला प्रतिपक्षहरु दैलखमा चिहान खन्न गएको बताए ।

उनले यसले द्धन्द समापन नभै अझ चकिर्ने बताए । अहिले नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले सम्बोधन गरीरहेका छन् । सम्मेलनको अध्यक्ष पुष्पकोमल दाहालले उद्घाटन गरे । सम्मेलनको पहिलो दिन जनप्रर्दशन र उद्घाटन सत्र भएको छ । सम्मेलनले कास्कीबाट २७ जना प्रतिनिधि चयन, जिल्ला नेतृत्व चयन र राजनीतिक प्रतिवेदन चयन गर्ने एकिकृत नेकपा माओवादी कास्कीका संयोजक झलकपाणी तिवारीले बताए । उद्घाटन कार्यक्रममा सहिद, वेपत्ता, घाइतेका परिवारहरुलाई सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...