१० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिता सुरु

पोखरा, ५ माघ। कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा रड्डशालामा १० औं कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्रछात्रा बासकेटबल प्रतियोगिता सुरु भएको छ। लिगकम नकआउटका आधारमा खेलाइने सो प्रतियोगितामा छात्रतर्फ आठ तथा छात्रातर्फ पाँच टीमको सहभागिता रहेको छ।प्रतियोगितामा माघ ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन गर्दै समाजसेवी कर्णेल जेपि क्रसले आफूले सुरुवात गर्दा केही विद्यालय भए पनि पछिपछि खेलप्रतिको जागरुकताले गर्दा सहभागी टीम बढ्दै गएको बताए। उनले खेलले खेलाडीको शारीरिक, मानसिक र बौद्धिकरूपमा स्वस्थ्य हुने विचार व्यक्त गरे।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले बास्केटबलले नेपालमा मात्र नभइ दक्षिण एसियामै पनि राम्रो प्रगति गर्दै गएको बताए।उनले कास्की जिल्लामा बास्केटबल सङ्घलाई आफूहरुले सक्रिय सङ्घको रूपमा मूल्याड्ढन गरेको बताए।
नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम गुरुङले उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सङ्घले निरन्तररूपमा प्रतियोगिता सञ्चालन गर्दै आएको बताए।
सो अवसरमा सङ्घलाई निरन्तररूपमा सहयोग गर्दै आएका एसओएस म्यानपावर ग्रुपका अध्यक्ष हेम गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। गुरुङलाई प्रमुख अतिथि कर्णेल जेपिक्रसले दोसल्ला तथा नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम गुरुङले मायाको चिनोले सम्मान गरेका थिए। प्रतियोगिता संयोजक नेत्रबहादुर सेनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रचार–प्रसार संयोजक धोजकुमार गुरुङले स्वागत मन्तव्य तथा सदस्य नारायण पुनले कार्यक्रम सञ्चालन गरेका थिए।
उद्घाटन खेलमा छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुलले मेरीगोल्ड बोर्डिङ स्कुललाई ४६–२१ ले पराजित ग¥यो। मनकामनाको जीतमा  जितेन पुन र सुदिप पुनले सर्वाधिक समान १० स्कोर गरेका थिए।अर्को खेलमा बालकल्याण उमाविले न्याशनल इन्भेन्टिभ उमाविलाई २२–१८ ले पराजित ग¥यो। बालकल्याणको जीतमा राम गुरुङले सर्वाधिक १३ स्कोर गरेका थिए।
छात्रातर्फको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन सरस्वती आदर्श विद्याश्रम लामाचौर मेरीगोल्ड बोर्डिङ स्कुलसँग ५–४ ले पराजित भयो। सो खेलमा मेरीगोल्डका देवी घर्तीमगरले सर्वाधिक तीन स्कोर गरेकी थिइन्। दोस्रो खेलमा मनकामना बोर्डिङ स्कुलले टप्स उमाविलाई ८–६ ले पराजित ग¥यो।मनकामनाको जीतमा तारा पुनले सर्वाधिक चार स्कोर गरेकी थिइन्। शनिबार छात्रछात्राका नौ खेल हुने प्रचार–प्रसार संयोजक धोजकुमार गुरुङले जानकारी दिए।

कमेन्टहरु
Loading...