करिब २ लाख अवैध अमेरिकी डलर सहित १ जना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले आज मंसिर ११ गते अवैध अमेरिकी डलर सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला मुस्ताङ लो-घेकर दामोदर कुण्ड गाँउपालिका-१ स्थायी वतन भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङ रहेका छन् । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले छिरिङलाई १ लाख ९४ हजार २ सय अवैध अमेरिकी डलर सहीत पक्राउ गरेको हो ।

पक्राउ परेका निज उपर थप अनुसन्धान भईरहेको छ ।

कमेन्टहरु
Loading...