विवाह पञ्चमीअघि रेल सञ्चालन गर्न माग गर्दै जनकपुरधाममा आन्दोलन

जनकपुर । सम्पुर्ण तयारी पुरा भईसक्दा समेत सञ्चालनमा नआएको जनकपुरको रेल सेवा सञ्चालन गर्न धनुषावासिले माग गरेका छन् । आउँदो विवाह पञ्चमी अवागै रेलसेवा सञ्चालन गर्न उनिहरुले माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन् ।

विवाह पञ्चमीको बेला जनकपुर क्षेत्रमा ठुलो मेला लाग्ने तथा मिथिला क्षेत्रकै हर्षको उत्सव हुने भएकोले धार्मिक तथा सांस्कृतिक महत्वका लागि समेत रेल सेवाको सञ्चालन आवश्यक रहेकोले सोको सञ्चालनको माग गरिएको हो ।

लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का स्थानिय नेताहरुको अगुवाईमा रहेका स्थानियहरुले रेल सञ्चालन नहुंदा धनुषाको व्यापार तथा रोजगारमा असर परेको समेत बताएका थिए ।

नेपाल–भारको सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतिय धार्मिक पर्यटन भित्राउन रेलसेवाको मुख्य भुमिका हुने भन्दै जनकपुर रेलसेवा सिघ्र सञ्चालनको माग गरिएको हो ।

कमेन्टहरु
Loading...