एघारौं आहा ! रारा गोल्डकपका आठ एडिभिजन टोलीको सहभागीता

पोखरा, ६ माघ/सहारा क्लबको आयोजनामा हुने एघारौ आहा रारा गोल्डकपमा ८ एडिभिजन टोली सहित १२ टिमको सहाभागीता जनाउने भएको छन् । राधजानीमा शहीदस्मारक रेडबुल लिग अन्तिम टुंगोमा पुग्दा १२ टोलीले आहाको संस्करणमा उपस्थिति जनाउने निश्चित भएको छ ।

रेडबुल लिगमा शीर्षस्थानमा रहेका थ्रीस्टार, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, सामसुङ जावलाखेल युथ क्लब, एनएमबी मन्छिद्र क्लब, नेपाल पुलिस क्लब, म्याक्डोल्स आरसिटी, त्रिभुवन आर्मी क्लब, एनआईविएल फ्रेण्डस क्लब, धरान फुटबल क्लब, गोर्खा बिग्रेट फुटबल टिम भारत, साउथन समिति एफसी कोलकत्ता भारत र आयोजक सहारा क्लबले प्रतियोगितामा भाग लिने भएका छन् ।

आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि विजेताले तीनलाख ५१ हजार नगद राशी पाउने सहारा क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिए । प्रतियोगितामा एपीएफ, रुपन्देही ११ र सहारा युकेले भने उपस्थिति जनाएका छैनन् । विजेता क्लब र उपविजेताले नगदपुरस्कार पाउँदा अन्य क्लबको हकमा पनि नगद पुरस्कार पाउने छन् । उपविजेतालाई दुईलाख एकहजार रुपियाँ प्रदान गरिने छ । क्लबले एघारौं सस्करणमा आउँदा फेयर प्लेलाई समेत पुरस्कार दिने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...