‘युवाले बिरोध गर्ने मात्र होईन नेतृत्व लिने आँट गर्नुपर्छ ’ – बिकास थापा

पोखरा/नेपाली काँग्रेसको यतिबेला बिभिन्न तहका अधिबेशनहरु भईरहेका छन् । यतिबेला देशभर भएका अधिबेशनहरु युवाहरुको सहभागिताले काँग्रेसमा युवा नेताहरुको हस्तक्षेपकारी भुमिका बढ्ने देखिन्छ । बिगतका अधिबेशनहरुमा भन्दा यसपटक काँग्रेसमा वडा,प्रदेश र संघका धेरै युवाहरु चुनिएका छन् । काँग्रेसको युवाहरुको उम्मेदबारी घोषणा र बिजयले युवाहरुमा उर्जा प्रदान भएको देखिन्छ ।
कास्कीमा भएका क्षेत्रिय अधिबेशन र महाधिबेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा अधिकांश युवाहरुले बिजय हाँसिल गरेका छन् । यतिबेला कास्की काँग्रेसलाई जिल्ला अधिबेशनको चटारोले छोएको हो । कास्की अधिबेशनसँगै जिल्ला नेतृत्वका लागि उम्मेबारी घोषणा गर्नेको लहर नै चलेको छ ।


त्यहि लहरमा नेविसंघ कास्कीका निवर्तमान सभापति बिकास थापाले पनि जिल्ला सह–सचिबको उम्मेदबारी घोषणा गरेका छन् । नेबिसंघले गरेका बिभिन्न आन्दोलनमा अग्रभागमा रहेर काम गरेका बिद्यार्थी नेता थापाको उम्मेदबारीले यतिबेला युवामाझ नयाँ बहसको सुरुवात भएको छ । काँग्रेस भन्ने बित्तिकै नेतृत्वमा बुढापाका रहने भन्ने मानसिकताको अन्त्यका लागि उम्मेदबारी घोषणा गरेको जिकिर गरे । तपाईंको उम्मेदबारी घोषणा गर्ने बेला भएको हो र ? भन्ने प्रश्नमा थापा भन्छन् –‘युवा भनेको आन्दोलन गर्ने मात्र पनि होईन नि पार्टी निर्माणको भुमिकामा पनि राम्रो काम गर्न सक्छन । युवाहरुले अझै पनि कति पार्टी नेतृत्वको बिरोध मात्र गर्ने ? कोहि न कोहिले त पार्टीको नेतृत्व लिने आँट पनि त गर्न प¥यो नि होईन र ? काँग्रेसलाई युवा मैत्री पार्टी बनाउनका लागि मेरो उम्मेदबारी हो । यसको मतलब अरु उमेर समुहको बिरोधमा भने होईन । मैले हामी भन्दा पाका उमेर समुहका नेता कार्यकर्तासँग पनि सुझाब लिएर उम्मेदबारी घोषणा गरेको हो । सबैको साथ सहयोग रहन्छ भन्ने बिश्वास छ ।’

कमेन्टहरु
Loading...