कास्की कांग्रेसको कान्छो महाधिवेशन प्रतिनिधि बने आशिक गुरुङ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कास्की क्षेत्र नं २ बाट जनजाति तर्फबाट आशिक गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

उनी कास्कीका कान्छो महाधिवेशन प्रतिनिधि हुन। नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका आशिक गुरुङ जनप्रिय क्याम्पसका बर्तमान स्व.बि.यु. सभापति हुन्।

३२ बर्षको उमेरमा महाधिवेशन प्रतिनिधि बनेका आशिक गुरुङ स्व.वि.यु. परिषद गण्डकी प्रदेशका सभापति समेत हुन्। पोखरा ७ बाट क्षेत्रीय प्रतिनिधि हुँदै १४ औँ महाधिवेशनमा होमिएका गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

गुरुङले आफुलाई मतदान गरेका सम्पुर्ण वडा इकाइ सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गर्दै आफू सदैब पार्टी र संगठनका निम्ति कर्मठशिल भएर अघि बढ्ने प्रतिबद्धता गरेका छन्।

नेपाली कांग्रेसका युवा नेता आशिक गुरुङ पोखरामा पर्यटन ब्यवसाय गर्दै आएका छ्न।

अहिलेको बर्तमान समयमा राजनीति संगसंगै ब्यापार-ब्यवसाय पनि गर्नुपर्छ भन्ने गुरुङले पोखराको लेकसाइडमा होटल माउन्टेन टप तथा एल्डिटुड बार संचालन गर्दै आएका छन्।

कमेन्टहरु
Loading...