सोलुखुम्बुमा आफ्नै छोराछोरीमाथि बुवाले गरे एसिड आक्रमण

सोलुखुम्बु । सोलुखुम्बुका एक व्यक्तिले आफ्नै छोराछोरीमाथि एसिड प्रहार गरेका छन् । सोलु दुधकुण्ड नगरपालिका(५ सल्लेरीका ५० वर्षीय मोहन बराइलीले सोमबार राति २५ वर्षीय छोरा सुरज र १५ वर्षीया छोरी सुजितामाथि एसिड प्रहार गरी घाइते बनाएका हुन् ।

घाइतेमध्ये सुरजको घाँटीमा र सुजिताको हातमा चोट लागेको छ । प्रहरीका अनुसार केही दिनयता मोहन छोरासँग झगडा गरिरहेका थिए ।

एसिड आक्रमणपछि घाइते भएका दुबै जनालाई जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि वीर अस्पताल पठाइएको सोलुखुम्बुमा प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए ।

मोहनलाई राति नै नियन्त्रणमा लिइ हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...