सौगात पोखरेल । नेकपा (एमाले)को महाधिवेशन नजिकिदै गर्दा गण्डकी प्रदेशबाट महासचिवमा पृथ्वी सुब्बा गुरुङको संभावना रहेको भन्दै बिभिन्न एङ्गलबाट चर्चा परिचर्चा भएको छ । उनीसँगै एमालेका गण्डकी प्रदेश नेताहरु किरण गुरुङ, खगराज अधिकारी, पद्मा अर्याल लगायतको नेताहरुको पनि पदाधीकारीमा चर्चा रहेको छ । तर त्यसको संभावना कति छ भन्ने चर्चा गर्न खोजेका छौँ ।
गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबसर पाए भने पार्टीको महासचिव चलाउन सक्ने क्षमता राख्छन् । तर गण्डकी प्रदेशमा नै खगराज टिमसंग खासै राम्रो सम्बन्ध नभएका कारण उनको बिरुद्ध गण्डकी प्रदेशमा नै एक खेमका नेताहरु लाग्ने देखिन्छ । यसको संकेत पार्टीको वडा नगर सम्मेलनहरुमा प्रष्ट देखिएको छ ।
यो बाहेक पनि केन्द्रमा बिष्णु पौडेल, शंकर पोखरेलको, सुरेन्द्र पाण्डेको पनि महासचिव पदमा आकांक्षा रहेका कारण गुरुङलाई एमालेका अध्यक्ष ओलीले महासचिवका रुपमा रोज्ने संभावना कम देखिन्छ । गुरुङ ओलीको आलोचनात्मक समर्थन गर्छन भने उनका प्रतिष्पर्धीहरुले ओलीको देवत्वकरण गर्छ । त्यसकारण ओलीको पहिलो रोजाइमा गुरुङ पर्ने संभावना देखिन्छ ।
नेकपा एमालेका एक केन्द्रीय सदस्य भन्छन् ‘पिएस कमरेड महासचिव बन्ने संभावना छैन अलि जोडबल गर्नुभयो भने उप महासचिवसम्म हुन सक्नुहुन्छ ।’
घटनाक्रमहरुलाई सरसर्ती हेर्ने हो भने पनि पृथ्वी सुब्बा गुरुङले आफुलाई उपमहासचिब पदमा दरिलो बनाउनका लागि महासचिव पदमा दावा गरेको जस्तो देखिन्छ ।