शुभम मृत्यु प्रकरणः घटना देख्ने व्यक्ति सम्पर्कमा आउन कास्की प्रहरीको अनुरोध

गन्थन संवाददाता, पाेखरा । कात्तिक २१ गते आइतबार साँझ ५ः५० बजे बागलुङ सडकखण्ड अन्तरगत पोखराको प्रस्याङ गणतन्त्रचोकमा भएको घटना देख्ने, सुन्ने वा सवारी साधनको बारेमा थाहा पाएका व्यक्ति प्रहरी सम्पर्कमा आई सहयोग गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने कास्की प्रहरीले जनाएको छ ।

पोखराको प्रस्याङस्थित गणतन्त्रचोकको जेब्राक्रसमा सवारीले ठक्कर दिँदा १४ वर्षिय शुभम खनालको मृत्यु भएको थियो । कुन र कस्तो प्रकारको सवारीले ठक्कर दिएको भन्ने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । यद्यपी अनुसन्धान चलिरहेको छ । उक्त घटना सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै पत्ता लगाउन प्रहरीले सकेको छैन ।

ठक्करबाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेका थिए ।

कमेन्टहरु
Loading...