प्रमिला कुँवर, पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ आलुमाइला चोकमा विपरित दिशाबाट आएको कार र स्कुटर ठक्कर खाएको छ । सिद्धार्थचोकबाट सिर्जनाचोक तर्फ जादै गरेको ग ३ च ३४१५ नं. को कार र सिर्जनाचोकदेखि सिद्धार्थचोक तर्फ आउँदै गरेको ग१९प ८७३५ नं. को स्कुटर एक आपसमा ठक्कर खाएको हो ।
स्कुटर चालक सागर आचार्य गम्भीर घाइते भएका छन् भने कार चालक सुरज बराल सामान्य घाइते भएका छन् । स्कुटर चालक आचार्यलाई मेट्रोसिटी अस्पतालमा उपचारका लागि लगिएको छ ।
दुवै सवारी साधनलाई नियन्त्रण लिई थप अनुसन्धान अगाडी बढाइएको ट्राफिक बिट प्रस्याङमा सेवारत ट्राफिक मोहन गिरीले गन्थनलाई जानकारी दिए ।