सर्वोच्च गेट अगाडि कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर वकिलबीच झडप

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीले योजना बनाएका छन् ।

उक्त प्रदर्शनका क्रममा प्रधानन्यायाधीशको राजीनामा माग्दै आएको नेपाल बारको आन्दोलनरत समुहले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राखेका छन् । १२ बजेसम्म त्यहाँ कार्यक्रम गर्ने र नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किने उनीहरुले बताएका छन् ।

नेपाल बारको आन्दोलनका क्रममा प्रधानन्यायाधीश पक्षधरका वकिलहरु ‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायधीश जिन्दावाद’ भन्दै प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए । कानुन व्यवसायी, प्रधानन्यायाधीश पक्षधर समुहबीच झडपको अवस्था सृजना भएको थियो । त्यसपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् । उनीहरु प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका पक्षधर ‘अभियन्ता’ भएको बुझिएको छ ।

कानुन व्यवसायीहरुले अहिले सर्वोच्चको गेट अगाडी शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कमेन्टहरु
Loading...