पोखरा । नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन कास्कीको संयोजकमा गणेश बराल चयन भएका छन् ।
बिहीबार सम्पन्न भेलाले बराल संयोजक , सह-सहसंयोजकमा वीरेन्द्र सापकोटा र जैनव खातुनलाई चयन गरेको छ । ११ सदस्यीय कार्यसमितिको सचिवमा भीमबहादुर थापा र कोषाध्यक्षमा रोहित बस्नेत रहेका छन् ।
यस्तै सदस्यहरुमा क्रमस उमा विक, रोशन अधिकारी, कपिल पौडेल समिक्षा केसी र खालिदा बेगम चयन भएका छन् ।
भेलाको उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)कास्कीका अध्यक्ष धनराज आचार्यले पत्रकारले जहिलेपनि सत्यको पक्षमा कलम चलाउनुपर्ने बताए । कार्यसमितिलाई राजनीतिक विकृति, भ्रष्टाचार र कुशासनको विरुद्ध निस्पक्ष भएर कलम चलाउन उनले आग्रह गरे ।