पोखरा । नेकपा एमालेको दसौं महाधिवेशन प्रतिनिधिका लागि कास्कीबाट कुल १ सय १६ जनाले उम्मेदवारी दिएका छन् ।
कास्की क्षेत्र १ मा ३३ जना जसमा २४ पुरुष ९ महिला , क्षेत्र २ मा ३१ जना जसमा २२ पुरुष ९ महिला , क्षेत्र ३ मा ३७ जना जसमा २५ पुरुष १२ महिलाले उम्मेदवारी दिएका छन् ।
उत्पीडितमा १५ जना ११ पुरुष ४ जना महिलाले उम्मेदवारी दिएका छन् ।
बिहिबार जिल्ला पार्टी कार्यलय कास्कीमा साझ ५ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिएको थियो ।
कास्कीबाट महाधिवेशनका प्रतिनिधिका लागि कुल ३१ जना छनौट हुनेछन् । यस्तै उत्पीडित तर्फ ४ जना प्रतिनिधि रहनेछन् । जसमा महिला १ जना प्रतिनिधि रहने ब्यबस्था छ ।
एमाले कास्की सचिब दामोदर बैरागीका अनुसार मङ्सिर २७ गतेसम्म प्रतिनिधि छनौट गर्नुपर्ने प्रावधान रहेकाले सो समय अवधी भित्रै सर्वसम्मत छनौट गरिने छ।
कास्की कुल मतदाता करिब १७ हजार ६ सय मतदाता रहेका छन् ।