छैटौं हिसान कास्की स्पोर्टस् मिटमा ज्ञानुबाबालाई छात्रा भलिबलको उपाधि

पोखरा, २ माघ/ ज्ञानुबाबा उमाविले पोखरामा सञ्चालित छैटौं हिसान कास्की स्पोर्टस् मिट अन्तर्गत छात्रा भलिबलको उपाधि जितेको छ। मड्डलबार भएको फाइनल खेलमा पोखरा उमाविलाई २५–१३, २५–१४ र २५–११ को सोझो सेटमा पराजित गर्दै ज्ञानुबाबाले उपाधि जितेको हो।तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले सगरमाथा उमाविलाई २५–२७, २५–१८ र २५–१५ को २–१ सेटले पराजित ग¥यो।छात्र भलिबल खेलअन्तर्गत माउण्टअन्नपूर्ण क्याम्पस, पोखरा उमावि, लिटिलस्टेप उमावि र ग्लोबल कलिजियट सेमिफाइनलमा प्रवेश गरेका छन्। मड्डलबार भएको पहिलो खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले बालोदय उमाविलाई २५–२० र २५–१६ को सोझो सेटमा पराजित ग¥यो। दोस्रो खेलमा पोखरा उमाविले पोखरा मल्टीमोडल उमाविलाई २५–१६ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो। तेस्रो खेलमा लिटिल स्टेप उमाविले ज्ञानकुञ्ज उमाविलाई २५–२० र २५–१८ को सोझो सेटमा पराजित ग¥यो। चौथो खेलमा ग्लोबल कलिजियट उमाविले माउण्ट अन्नपूर्ण उमाविलाई २५–१९, २३–२५ र २५–१५ को २–१ सेटले पराजित ग¥यो।

बुधबार बिहान लिटिल स्टेप उमावि र ग्लोबल कलिजियट उमाविबीच पहिलो तथा पोखरा उमावि र माउट अन्नपूर्ण क्याम्पसबीच दोस्रो खेल हुनेछ। दिउँसो फाइनल खेल हुने मूल आयोजक समितिका संयोजक सूर्यबहादुर जिसीले जानकारी दिए।
छात्रा बास्केटबलअन्तर्गत ज्ञानुबाबा र माउण्ट अन्नपूर्ण उमावि फाइनलमा प्रवेश गरेका छन्।मड्डलबार भएको पहिलो सेमिफाइनल खेलमा ज्ञानुबाबाले न्याशनल इन्भेन्टिभ उमाविलाई २०–२ ले पराजित ग¥यो।दोस्रो खेलमा माउण्ट अन्नपूर्ण उमाविले ग्लोबल कलिजियट उमाविलाई ११–८ ले पराजित ग¥यो।छात्रतर्फ माउण्ट अन्नपूर्ण क्याम्पस र ग्लोबल कलिजियट उमावि फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले पोखरा उमाविलाई २८–२३ ले पराजित ग¥यो। दोस्रो खेलमा ग्लोबल कलिजियटले एलए उमाविलाई ३५–२२ ले पराजित ग¥यो।

टेबलटेनिसतर्फ छात्र सिड्डतर्फ सगरमाथा उमाविका आलम खान, ग्लोबल कलिजियटका पवन गुरुङ, सृजना उमाविका अमृत भुजेल र ग्लोबलका दीपक गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन्। छात्रातर्फ सगरमाथाका माइता गुरुङ फाइनलमा प्रवेश गरेकी छन्। उनले सेमिफाइनलमा न्याशनल इन्भेन्टिभ उमाविका सुस्मिता ढकाललाई पराजित गरेकी थिइन्। यस्तै सृजना उमाविका आकृति बराल, ग्लोबलका सदिमा गुरुङ सेमिफाइनलमा प्रवेश गरेका छन्।

छात्रा डबल्सतर्फ सृजना उमाविका सृष्टि र आकृतिको जोडी तथा ग्लोबल कलिजियटका सदिमा र स्वस्तिकाको जोडी फाइनलमा प्रवेश गरेको । पहिलो सेमिफाइनल खेलमा सृजना उमाविका सृष्टि र आकृतिको जोडीले सगरमाथाको माइता र प्रतिमाको जोडीलाई पराजित ग¥यो। दोस्रो खेलमा ग्लोबल कलिजियटका सदिमा र स्वस्तिकाको जोडीले पोखरा उमाविका लक्ष्मी र नविताको जोडीलाई पराजित ग¥यो।
छात्रतर्फ लिटिल स्टेप उमावि, न्यूग्योलेक्सी, सृजना उमावि र सगरमाथा उमावि सेफमइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल तथा फाइनल खेल बुधबार बिहान आठ बजेदेखि हुने टेबलटेनिसका प्रशिक्षक उत्तम जोशीले जानकारी दिए।समान कार्यक्रम दिउँसो एक बजे हुने प्रचार–प्रसार संयोजक पुण्यप्रसाद शर्माले जानकारी दिए।

कमेन्टहरु
Loading...