पोखरा । कात्तिक १७ गतेदेखि पोखरामा सञ्चालन भएको सृजनशील कपको उपाधी गैरावारी युवा क्लवले जितेको छ । कपमा कुल २१ टीमको सहभागीता रहेको थियो । पोखराको वास्कोटमा रहेको सृजनशील युवाक्लबले आयोजना गरेको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम भएको गैह्रावारी युवाक्लवले नगत २५ हजार ,शिल्ड, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको आयोजक क्लवले शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको थियो । खेल अवधीभरको वेष्ट प्लेयर गैह्रावारी युवा क्लवका विक्रम गौतम(विपुल ) घोषणा भएका थिए । उनले मेडल प्रमाण पत्र तथा नगत सहित सम्मान गरीएको क्लवका अध्यक्ष राम अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा सर्वाधीक गोललकर्ता लामागाउँ युवा क्लवका सरोज गुरुङ , म्यान अफद म्याच सिर्जनशिल युवा क्लवका सागर परियार, उत्कृष्ट गोल रक्षक दिनेश कामीले प्राप्त गरेका छन् ।
पोखराका २४,१८ र २३ नम्वर वडाका क्लवहरुविच प्रतिशपर्दा भएको थियो । केही समय अगाडी मात्रै क्लव वास्कोटमा यो क्षेत्रकै नमुना खेल मैदान निमार्णको लागी पहल गरीरहेको क्लवका अध्क्षय अधिकारीले बताए । अध्यक्ष अधिकारीले भने, “ युवाहरुलाई भातृत्व विकास गर्ने र अन्य गलत कामहरु लागु औषध तथा दुर्वेसनीबाट वचाउन पनि यो खेल आयोजना गरेका हौं ।’
फाइनल खेलका प्रमुख अतिथी वडा नम्वर २४ का वडा अध्क्षय ओम प्रसाद सुवेदीले निवार्चन क्षेत्रैकै गौरवको आयोजनाका रुपमा वास्कोट खेल मैदानलाई विकास गर्दै लैजाने लक्ष्य वडा कार्यालयको रहेको बताए ।
कार्यक्रममा जन प्रतिनिधी अग्नीधर त्रिपाठीले खेलकुद गतीवीधीले कास्कीकोट पनि खेदकुदको धेरै सम्भावना रहेको हुदा नयाँ हव बन्न सकने धारणा राखेका थिए ।