कर्णाली मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी पेस

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।

उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनले दाबी पेस गरेका हुन् ।

सोमबार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएवपछ नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।

उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कमेन्टहरु
Loading...