प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त, आजै शपथ

विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उनलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गरेका हन् । उनले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनेछन् ।

भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका भीमप्रसाद आचार्यले अल्पमतमा परेपछि कात्तिक १५ मा पदबाट राजीनामा दिएका थिए । आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार १ बजेसम्म बहुमतको सरकार दाबी गर्ने समय दिएका थिए। गठबन्धनले सोमबार नै आफूहरूसँग ५० सांसदहरूको समर्थन रहेको भन्दै हस्ताक्षरसहित दाबी प्रदेश प्रमुखलाई बुझाएका थिए।

कमेन्टहरु
Loading...