पोखरामा वि पी कोइराला युवा मंच

पोखराका छात्राहरुले पहिलो पटक वि पी कोइराला युवा नेतृत्व मंच गठन गरेका छन् । नेपालमा लोकतन्त्र र विधिको शासन संकटमा  परेको बेला सो को पक्षमा आवाज उठाउन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव विपी कोइरालादुवारा प्रतिपादित सिद्धान्तमा रही  आवाज उठाउन पोखरेली छात्राहरु संगठित भएका हुन् ।सोमबार पोखरा, नदीपुरमा बसेको भेलाले मंचको अध्यक्षमा राधादेवी बस्ताकोटीलाई चयन गरेको छ । उपाध्यक्षमा यानी परियार, सचिवमा दीक्षा अधिकारी ,कोषाध्यक्षमा संगीता परियार , सहसचिवमा सम्झना क्षेत्री , सदस्यहरुमा लीला बस्ताकोटी ,विनिता गुरुह , गंगा थापा , विमला क्षेत्री ,निर्मला फुलारा , हरिमाया तामाङ हुनुहुन्छ ।

महामानव वि पी कोइरालाको लोकतन्त्र , सुशासन एवं राष्ट्रप्रति  युवाको उत्तरदायित्व सम्बन्धी नीतिको पक्षमा मंचले आवाज उठाउनेछ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वि पीका सुपुत्र डा शशांक कोइराला , नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा , नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शुक्रराज शर्मा मंचको संरक्षक हुनुहुन्छ ।

मंचमा पोखराका पृथ्वीनारायण क्याम्पस, वनविज्ञान क्याम्पस, नर्सिङ क्याम्पस , पश्चिमांचल इंजिनियरिङ क्याम्पस ,कन्या क्याम्पस , भद्रकाली बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस लगायतका छात्राहरुको सहभागिता रहेको छ ।

कमेन्टहरु
Loading...